Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल वायुसेवा निगममा घिमिरे नियुक्त


    बुधबार, बैशाख ३ २०७७
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ बैशाख ।  नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व पर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । 

     निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएको थियो । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मावारी दिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । पर्यटन सचिव वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेरललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

    तर खरेलले चार वर्ष कार्यकाल पूरा गर्न सकेन्न । उनले माघ २०७६ मा राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार