Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन


    सोमबार, मंसिर २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । काठमाडौंसहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन गर्नुका साथै आमसभा गरेको हो ।

    काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे ।

    पार्टी सभापति शेरबहादुर देउवा भने बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भए । महामन्त्री डा. शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए ।

    कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो ।

    biratnagar-congress-rally(9)_20201214062940.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार