Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कांग्रेसले देशभर बिरोध प्रदर्शन गर्ने, सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप


    सोमबार, मंसिर २९ २०७७
    5.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लाका सदरमुकाममा सरकारबिरुद्ध बृहत् प्रदर्शन गर्ने भएको छ । केही दिनअघि गृहजिल्ला तनहुँमा पुल उदघाटन गर्न गएका पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले थुनेपछि कांग्रेस सरकारबिरुद्ध आक्रोसित भएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारका जनविरोधी निर्णय, महँगी, भ्रष्टाचार बिरुद्दको विरोधमा कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

    २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख विपक्षी कांग्रेसले पहिलो पटक देशब्यापी बिरोध प्रदर्शन गर्न लागेको हो । 
    ओली सरकार सुरुआतदेखि नै मनोमानी ढंगले अगाडि बढेको, जनअपेक्षाअनुसार काम नभएको र भ्रष्टाचारमा लिप्त भएको भए पनि कांग्रेस मौन रहँदैआएको थियो ।

    ओली सरकारले भएका सीमा सबै पार गरेपछि सडकमै उत्रनु परेको कांग्रेस नेताहरुको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार