Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगीमा संलग्न नभएका रविलाई हत्कडी, करोडौं ठग्ने धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति


    शनिबार, कार्तिक ३ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सहकारी ठगीमा प्रत्यक्ष नमुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केपी शर्मा ओली नेतृत्वको दुई दलीय सरकारले शुक्रबार पक्राउ गरेको छ । तर सहकारी ठगीमा प्रत्यक्ष संलग्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता तथा लेखासमितिका सभापति ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको छ ।

    लामिछानेलाई ग्यालेक्सी मिडियाले सूर्यदर्शन लगायतका सहकारीबाट ऋण लिएको र उक्त कम्पनीको एमडी भएकैले उनलाई पक्राउ गर्नुलाई प्रतिशोध साँध्न गरिएकोमा चर्को बिरोध भइरहेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योतिले मितेरी सहकारीका बचतकर्ताको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको भेटिए पनि उनलाई सरकारले अनुसन्धानको दायरामा ल्याएको छैन । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमा धनराजको सहकारीको बचत हिनामिनामा प्रत्यक्ष संलग्नताबारे बताएका थिए ।

    धनराजले नै सहकारी ठगीबाट जोगिन नक्कली सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद गरे पनि सँँगै बस्ने गरेका धनराजले सहकारीको रकम अपचलनमा मुछिने भएपछि श्रीमतीलाई अमेरिका भगाएका एकपछि अर्को तथ्य खुलिसकेको छ ।

    त्यस्तै एमाले मोरङको एउटा सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा(एमाले)का नेता ऋषिकेश पोखरेलको श्रीमती अन्जला कोइराला संलग्न भएका विवरण छरपष्ट आइसकेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा सांसद पोखरेल जोडिएका छन् । उक्त सहकारीको करिब १२ करोड रुपैयाँ अपचलनमा सभापति पोखरेल मुछिन पुगेका छन् । लेखासमिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला संचालक रहेको सहकारीको बचत अपचलन गरिए पनि उनलाई अनुसन्धानबाहिरै राखिएको छ ।

    २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारी संस्था अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पूँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेलापरेको हो ।

    शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा उनले संस्थाका संचालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । रविलाई होइन, सहकारी ठगीमा संलग्न गुरुङलाई कांग्रेस र पोखरेललाई एमालेले पक्राउ गरी हत्कडी लगाउनुपर्ने हो तर उनीहरुलाई उन्मुक्ति दिएर लामिछानेलाई नियन्त्रणमा लिएपछि प्रतिशोध साँध्न गरिएको कुरा घामजत्तिकै छर्लङ्ग रुपमा नागरिकले बुझेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार