काठमाडौं । सहकारी ठगीमा प्रत्यक्ष नमुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केपी शर्मा ओली नेतृत्वको दुई दलीय सरकारले शुक्रबार पक्राउ गरेको छ । तर सहकारी ठगीमा प्रत्यक्ष संलग्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता तथा लेखासमितिका सभापति ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको छ ।
लामिछानेलाई ग्यालेक्सी मिडियाले सूर्यदर्शन लगायतका सहकारीबाट ऋण लिएको र उक्त कम्पनीको एमडी भएकैले उनलाई पक्राउ गर्नुलाई प्रतिशोध साँध्न गरिएकोमा चर्को बिरोध भइरहेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योतिले मितेरी सहकारीका बचतकर्ताको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको भेटिए पनि उनलाई सरकारले अनुसन्धानको दायरामा ल्याएको छैन । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमा धनराजको सहकारीको बचत हिनामिनामा प्रत्यक्ष संलग्नताबारे बताएका थिए ।
धनराजले नै सहकारी ठगीबाट जोगिन नक्कली सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद गरे पनि सँँगै बस्ने गरेका धनराजले सहकारीको रकम अपचलनमा मुछिने भएपछि श्रीमतीलाई अमेरिका भगाएका एकपछि अर्को तथ्य खुलिसकेको छ ।
त्यस्तै एमाले मोरङको एउटा सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा(एमाले)का नेता ऋषिकेश पोखरेलको श्रीमती अन्जला कोइराला संलग्न भएका विवरण छरपष्ट आइसकेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा सांसद पोखरेल जोडिएका छन् । उक्त सहकारीको करिब १२ करोड रुपैयाँ अपचलनमा सभापति पोखरेल मुछिन पुगेका छन् । लेखासमिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला संचालक रहेको सहकारीको बचत अपचलन गरिए पनि उनलाई अनुसन्धानबाहिरै राखिएको छ ।
२०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारी संस्था अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पूँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेलापरेको हो ।
शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा उनले संस्थाका संचालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । रविलाई होइन, सहकारी ठगीमा संलग्न गुरुङलाई कांग्रेस र पोखरेललाई एमालेले पक्राउ गरी हत्कडी लगाउनुपर्ने हो तर उनीहरुलाई उन्मुक्ति दिएर लामिछानेलाई नियन्त्रणमा लिएपछि प्रतिशोध साँध्न गरिएको कुरा घामजत्तिकै छर्लङ्ग रुपमा नागरिकले बुझेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend