Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवराज सफल पक्राउ, महान्यायाधीवक्ताबिरुद्ध तथ्यहीन अभिब्यक्ति दिएको आरोप


    मंगलबार, माघ १३ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिभिन्न ब्यक्तिका बिरुद्ध उजुरी दिने र सामाजिक संजालमा जथाभावी बोल्ने युवराज सफल  (युवराज पौडेल) पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पौडेललाई महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् नकारात्मक, अपशब्द, गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

    उनले महान्यायधिवक्ता र कार्यालयप्रति लक्षित गरी बोलेपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

    उक्त पत्र प्राप्त भएलगत्तै उनलाई अदालतबाट तीन दिनको म्यादथप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार