Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने


    आइतबार, मंसिर २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुष १ गते बस्ने गरी स्थगित भएकाे छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमेतकाे उपस्थितिमा बैठक बसेकाे थियाे।

    आजकाे स्थायी कमिटी बैठकमा नेकपा नेता कमान सिं लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएकाे हाे ।

    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको थियाे । 

    उनले स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने व्यहोराको पत्र पठाएका थिए ।

    तर आइतबार स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा नभई प्रधानमन्त्रीको निवास बालुवाटारमै सारिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार