काठमाडौं । नेपालसहित ३३ देशहरुले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।
३४ देशले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ । द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’
विज्ञप्ती जारी गर्ने देशमा नेपालसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्डस, पोल्याण्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्ड र तान्जानिया रहेका छन् ।
दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्लालक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend