Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्ने, प्रधानमन्त्री ओली पनि सहभागी हुने


    आइतबार, मंसिर २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाढौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजना हुने भनिएको स्थायी समिति बैठक प्रधानमन्त्री ओलीकै अनुरोधमा बालुवाटारमा सारिएको छ ।

    यसअघि मंसिर २१ मा बसेको स्थायी समिति बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका थिए । उनी अनुपस्थित भए पनि उनले उपप्रधानमन्त्री इश्वर पोखरेलमार्फत् पत्र पठाएका थिए ।

    यसअघि अनुपस्थित भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुने परिस्थिति कसरी निर्माण भयो ? यसबारेमा प्रधानमन्त्री निकटस्थहरुले खुलाएका छैनन् । यद्यपि स्थायी समिति बैठकमा दुवै अध्यक्षका प्रतिवेदनलाई एउटै बनाउने बिषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलपछि ओली बैठकमा सहभागी हुने कुरा तय भएको ब नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार