काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट दिइने भएको छ ।
नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प्रयोग गरी उक्त होटेलका सेवा लिने ग्राहकलाई उक्त छुट दिइने भएको हो ।
उक्त छुटका लागि एनआईसी एशिया बैंक र लेमन ट्रि प्रिमियर होटलबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
त्यस्तै स्पा सेवामा भने भिजा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिजा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिजा र मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन् ।
उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागु हुने बताइएको छ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने बताइएको छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुने पनि बताइएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend