काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट दिइने भएको छ ।
नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प्रयोग गरी उक्त होटेलका सेवा लिने ग्राहकलाई उक्त छुट दिइने भएको हो ।
उक्त छुटका लागि एनआईसी एशिया बैंक र लेमन ट्रि प्रिमियर होटलबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
त्यस्तै स्पा सेवामा भने भिजा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिजा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिजा र मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन् ।
उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागु हुने बताइएको छ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने बताइएको छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुने पनि बताइएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend