काठमाडौं । भारत सरकारले बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।
भारत सरकारका तर्फबाट भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव नारायण सिंहले सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेका हुन्।
भारत सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीमा टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्याइएको हो । भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइने काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।
छिमेकी मुलुक होस् वा अन्य मुलुक सङ्कटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रूपमा रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेसन मैत्री नामक सबैभन्दा ठुलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो ।
हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको काठमाडौँ स्थित भारतीय दूतावासले जानकरी दिएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend