Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने


    शनिबार, मंसिर २७ २०७७
    3.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउन नसक्ने जानकारी दिएका छन् ।

    देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार