Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीपरिषदको बैठक सुरु, लकडाउन लम्ब्याउने तयारी 


    मंगलबार, बैशाख २ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, २ बैशाख।  बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार तेस्रो हप्ताको लकडाउन पनि सकिनै लागेपछि थप अवधि बढाउन बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक शुरु भएको हो ।

    गएको चैत ११ गतेदेखि जारी तेस्रो हप्ताको लकडाउन भोलि सकिदैछ । काठमाडौँमा समेत संक्रमितको संख्या बढेसँगै लकडाउनमा थप कडाई गर्ने र अवधि पनि बढाउनका लागि मन्त्रिपरिषदले निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

    भारतमा थप तीन हप्ता लकडाउन बढाएसँगै नेपालमा पनि बैशाखभर लकडाउन गर्ने सरकारको योजना छ । भारतमा १० हजार बढी संक्रमित हुँदा नेपालमा १६ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन भने भारतमा साढे तीन सय जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार