काठमाडौं । पूर्वसांसद कमानसिंह लामा, उनकी श्रीमती इन्द्रमाया तामाङ र सुसन कमाचार्यको ब्यवसायिक साझेदारीको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछेर तिललाई पहाड बनाउने कार्य एकथरीले गरेका छन् । नेकपाभित्रको विवादमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक विवादमा ल्याउने काम भइरहेको टिप्पणी पार्टीकै नेताहरुले गरेका छन् । साविक माओवादी केन्द्रभन्दा अघि जनमोर्चादेखि नै कमानसिंह लामा र नारायणकाजी श्रेष्ठ एकै पार्टीमा थिए । सुसन कर्माचार्य पनि जनमोर्चाकालदेखि नै पार्टीमा निरन्तर योगदान गर्दैआएकी महिला नेतृ हुन् । एउटै पार्टीमा लागेकाहरुको ब्यवसायिक बिषयमा सहजीकरण गरेको बिषयलाई नारायणकाजीले ८ करोड रुपैयाँ नै लिएको जस्तो अफवाह फैलाउने काम भइरहेको नेकपाका नेताहरुको भनाइ छ ।
यसैक्रममा स्वयं कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले आज एक विज्ञप्ति प्रकाशित गरी आफूहरुले ऋण गरेर संचालन गर्न लागेको सिन्धुपाल्चोक जिल्ला गुम्बाको जलविद्युत आयोजना(हाइड्रो)को अनुमति विद्युत प्राधिकरणले खारेज गर्ने भएपछि सुसन कर्माचार्यसहितका लगानीकर्तालाई अनुनय विनय गरी प्रबद्र्धक बनाएको उल्लेख छ । हाइड्रोमा पति पत्नी दुवैको लगानी रहेको तर आफ्नो नाममा धेरै सेयर भएकाले कमानसिंह लामाले विवाद गरेको उल्लेख गरेकी छन् । त्यही विवादमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले कमानसिंहसहितका लगानीकर्तासँग सहजीकरण गरिदिनुभएको हो । इन्द्रमायाको विज्ञप्तिमा उल्लेख छ–अरु कुरामा उहाँको कुनै संलग्नता नभए पनि बदनाम गर्न खोजिएको उल्लेख गरेकी छन् ।
तामाङको विज्ञप्तिमा उल्लेख छ–‘मेरो श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद कमरेड कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छा्रैं । यही बेला म र कमरेड लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु । घटनाबारे सत्य तथ्य म प्रस्तुत गर्दछु ः
विगत २२–२३ बर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता कहिल्यै भएन । घर ब्यवहार र राजनीतिकजीवनमा दुवै जनाले आ– आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एक अर्काको साथ सहयोग रहेकै थियो । हामी दुवै जनाको सधैं ब्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रह्यो । उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो । र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहेँ ।
यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बालिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त ग¥यौं । सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न ग¥यौं । तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभ्एको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध ग¥यौं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी प्रक्रिया पु¥याएर हस्तान्तरण ग¥यौं ।
तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य ब्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्र्रो उद्धार नै ग¥यो । सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनुभएकै हो । तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही ब्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु । उहाँ हाम्रो यो आर्थिक बिषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुुनुहुन्छ ।
जहाँसम्म हामी दुई जना (श्रीमान श्रीमती) बीचको असमझदारीको कुरा छ,त्यसको एकमात्र कारण श्रीमान(कमानसिंह लामा)को भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । मलाई जति दुःख र पीडा अरु कसलाई हुनसक्छ ? मेरो श्रीमान जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलवाडको बिषय बनाइरहेको देख्दा दुःख लागेको छ । यो दुःखद अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यसैबीच, याम्बालिङ हाइड्रोपावर प्रालिले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, पूर्व सांसद एवं राजदूत कमान सिंह लामाको मृत्यु पश्चात केही सामाजिक सञ्जा लएवं संञ्चार माध्यमहरुमा आएका समाचार, टिकाटिप्पणीप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रालिका तर्फबाट आज जारी विज्ञप्तिमा उल्लेख छ–२०७५ फागुन २४ मा उहाँ र उहाँको पत्नी इन्द्रमाया तामाङले संचालन गर्नुभएको याम्बालिङ्ग हाइड्रोपावर गम्भीर आर्थिक संकटमा परेको तथा कम्पनी संचालन गर्न नसकी उहाँहरु पनि आर्थिक संकटमा परेकाले समस्या समाधानको लागि पटक पटकको अनुरोध पछि आपसी सहमतिमा कम्पनीको आर्थिक संकट समाधान गर्न साविकका संचालक र हामीबीच आर्थिक, कानुनी र व्यवहारीक सवै प्रकिया पूरा गरि यस कम्पनीको टेकओभर गरिएको थियो । यस स्थितिमा यस कम्पनीसँग संलग्न नभएको पूर्व उपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ“प्रकाश”लाई जोडी उहाँको चरित्रहत्या गर्ने उद्देश्यले आएका भ्रामक, कपोलकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend