Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे मन्त्रीहरुसँग छलफल


    शुक्रबार, मंसिर २६ २०७७
    4.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको खोप नेपाल ल्याउने विषयमा छलफल गरेका छन् ।

    नेपाली जनतालाई समयमै निःशुल्क काेराेना खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको बताइएकाे छ। 

    उपप्रधानमन्त्री पाेखरेलले शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग छलफल गरेका हुन् । बैठकमा समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको छ । 

    यस्तै कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार