हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन्।
नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई अनुशासन र मर्यादाको दायरामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारले पनि आफूलाई समीक्षा गर्न पाउने बताए ।
प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उनले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिष्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको बताए ।
उनका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिने छ ।
सो अवसरमा वाग्मती प्रदेशसभामा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सञ्चारगृहले जनताको भावनालाई संवाहकका रुपमा सम्प्रेषण गरी सार्वजनिक गर्दा जनताले प्रत्यक्षरुपमा विकासको पूर्वाधारको अवसर पाउने बताए ।
वाग्मती प्रदेश, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सञ्चारगृहलाई आत्मनिर्भर बनाउनका लागि विज्ञापन उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारलाई गृहकार्य गर्न सुझाव दिए ।
पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासङ्घ, वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र सल्लाहकार गिरिजा अधिकारीले सरकारले सञ्चारसम्बन्धी ऐन ल्याउँदा पत्रकार महासङ्घको पनि सल्लाहसुझाव लिनुपर्ने बताए ।
साधारणसभामा पत्रकार महासङ्घ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीले सङ्गठनको प्रतिवेदन तथा कोषाध्यक्ष सुदीप शिवाकोटीले महासङ्घको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सङ्गठनको प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।
ज्येष्ठ पत्रकारलाई सम्मान
साधारणसभाका अवसरमा मकवानपुर जिल्लामा लामो समयदेखि कार्यरत तीन ज्येष्ठ सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री पौडेलले मकवानपुर समाचारदाता कृष्णराम परियार, प्रयास साप्ताहिकका प्रकाशक कौशल पाण्डे र रेडियो सञ्चारकर्मी खेम बोलखेलाई जनही आठ हजार रूपैयाँ र प्रशंसापत्र प्रदान गरे ।
त्यसैगरी पत्रकार महासङ्घलाई नियमित सहयोग पुर्याएबापत हेटौँडा उपमहानगरपालिकालाई महासङ्घका तर्फबाट प्रदान गरिएको प्रशंसापत्र प्रमुख महतलाई प्रदान गरिएको थियो । रासस
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend