रामेश्वर बोहरा, उद्धवप्रसाद खरेल र प्रकाश अधिकारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै दुईतिहाईको बहुमतको सरकार छ । ६५ प्रतिशतभन्दा बढी स्थानीय तहमा नेकपाले जितेको छ । ६ वटा प्रदेश सरकार नेकपा नेतृत्वमा छ । एउटा प्रदेशमा मात्रै गैर–नेकपा सरकार छ । यस्तो अनुकूल परिस्थितिमा देशको विकास तीव्र गतिमा हुनुपर्ने थियो तर स्थानीय तहदेखि केन्द्रसम्म जताततै भ्रष्टाचारै भ्रष्टाचार भएका तथ्यहरु सार्वजनिक हुने गरेका छन् ।
स्थानीय तहमा ब्याप्त भ्रष्टाचारको शृंखलाले नेकपालाई २०७९ सालको चुनावमा ठूलो धक्का लाग्ने अनुमान बुद्धिजीवीहरुले गर्न थालेका छन् । स्थानीयदेखि केन्द्रसम्म नेकपाको सरकार भएको अनुभूति जनतालाई गराउन नसकेको र सुशासन कायम गराउन असफल भएको विषयमा नेतृत्व बेलैमा सचेत हुन सकेन भने डेढ वर्षपछि हुन लागेको स्थानीय चुनावमै नेकपा रक्षात्मक अवस्थामा पुग्ने आँकलन गर्न थालिएको छ ।
स्थानीय तहमा राम्रो काम गर्न सकेमात्र जनाधार बलियो हुन्छ । तर स्थानीय तहका जनप्रतिनिधिहरु स्काभेटर किन्ने, जथाभावी बाटो खन्ने र बजेट सक्नमै तल्लीन छन् । अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुका आफ्नै स्काभेटर छन् । कतिपयले नातागोताका नाममा स्काभेटर खरिद गरी आवश्यक नै नभएको ठाउँमा बाटो खनेर बर्षामा पहिरो गएर ठूलो धनजनको क्षति हुने गरेको छ । जनप्रतिनिधिहरु स्काभेटर र ठेक्कापट्टामा तल्लीन हुने र आफ्नै हात जगन्नाथ गर्दा अधिकार सम्पन्न स्थानीय तह भ्रष्टाचारको दलदलमा जाकिन पुगेका छन् । गाउँगाउँमा स्काभेटर खरिद गर्दै बारी र खेत खन्दै सडक बनाउने होडबाजी छ भने तराईमा माछापोखरी खन्नेदेखि नदी नियन्त्रण र सडककै नाममा ब्रम्हलुट छ । स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुले आफ्ना परिवारका सदस्यलाई कर्मचारी भर्ना गर्ने होडबाजी पनि उत्तिकै छ ।
उदाहरणका लागि काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नै छोरा जगदीश अधिकारीलाई खरिदार (चौथो तह) मा नियुक्ति दिएका छन् । तारकेश्वर नगरपालिकाका रामेश्वर बोहराले आफ्नै भाइ सुरेश बोहरालाई नगरपालिकाको कार्यालय सहयोगीमा भर्ती गरेका छन् । बुढानीलकन्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मेयरमा जित्नासाथ आफ्नै छोरी प्रतिमा खरेललाई स्वास्थ्यतर्फ करारमा अधिकृत भर्ति गरेका छन् ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले आफ्नै छोरी सुमित्रा थापालाई नगरपालिकामा कर्मचारी राखेका छन् । यी केही दृष्टान्त हुन्, अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरु कोही ठेक्का पट्टामा संलग्न छन् भने अधिकांशले नगरपालिकालाई आफन्त भर्ती केन्द्र बनाएका छन् । कतिपय स्थानीय तहका प्रमुखले आफ्नै गाडीसमेत कार्यालयलाई भाडामा लगाई रकम असुली गर्नेजस्तो निकृष्ट काम पनि गरेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले आफ्नै गाडी मासिक ८५ हजार भाडामा उपाध्यक्षलाई प्रयोग गर्न दिएका छन् । स्थानीय तहको लेखा प्रणाली यति ध्वस्त छ कि करारमा लेखाका कर्मचारी भर्ती समेत गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी भर्ती गरिएका आफन्तहरुको बारेमा विवरण लिएर छानबिन गरी तत्काल उनीहरुलाई बर्खास्त गरी लोकसेवा आयोगमार्फत् पदपूर्तिको व्यवस्था गर्नुपर्छ । अन्यथा सबै स्थानीय तह जनप्रतिनिधिका आफन्तले भरिभराउ हुनेछन् । बिना प्रतिस्पर्धा छानिएका त्यस्ता कर्मचारीबाट स्थानीय तहको कार्यसम्पादनमा सकारात्मक परिणाम नआउने र भ्रष्टाचार बढ्ने कुरालाई समेत अख्तियारले गम्भीर रुपमा हेर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend