काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताउनुभयो । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उहाँको भनाइ छ ।
सांसद तथा नेकपाका केन्द्रीय सदस्य मनकुमारी केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले अहिले दुई अध्यक्ष मिलेर जाने आम पार्टीकार्यकर्ताले समर्थन गर्नुको विकल्प नरहेको भन्दै निजी स्वार्थका लागि अनावश्यक मनमुटाव गर्न नहुने बताउनुभयो । “पार्टी फुटेमा आगामी चुनावमा जनता माझ के भनेर जाने एकपटक सबैले सोचौँ”, गुरुङले भन्नुभयो, “जिल्ला तहमा समेत गुट उपगुटको बैठक भएको सुन्छु, यस्तो कामले व्यक्तिलाई फाइदा होला, पार्टी र राष्ट्रलाई घाटा हुन्छ ।” खत्रीको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend