काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनकाे व्यबस्थापनका विषयमा छलफल हुनेछ ।
सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
मंसिर २९ गते कांग्रेसले देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्दैछ। तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको छ।
‘बैठक सभापतिज्यूको निवास बूढानीलकण्ठमा सुरु भयो,’ महतले भने, ‘बैठकमा पर्सी हुने विरोध प्रदर्शन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित हुन्छ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend