Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ महिना पनि कार्यकाल नभएका सचिवसँग सहरी विकास मन्त्रीले गरे कार्यसम्पादन सम्झौता


    मंगलबार, असोज ८ २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले २ महिना पनि जागिर अवधि नभएका सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

    कार्यसम्पादन सम्झौता सामान्यतया ६ महिना वा एक बर्षको लागि गरिन्छ । तर सचिव गेलाल आगामी ०८१ मंसिर १३ मा अवकाश हुँदैछन् ।  २ महिनामात्र कार्यकाल भएका सचिवसँग कार्यसम्पादन सम्झौता गरेर मन्त्री सिंहले तमासा प्रदर्शन गरेका छन् ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

    भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए ।  सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

    उनले मन्त्रालयको कामलाई जनताले अनुभूतिगर्ने गरि अगाडी बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनावद्ध शहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूती गर्ने गरि उपलब्धी हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध शहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरि कार्यसम्पादन सम्झौता गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार