एजेन्सी, २ बैशाख । छिमेकी मुलुक भारतले कोरोना भाइरस रोकथामको लागि आगामी २१ सम्मको लागि लकडाउन थपेको छ । भारत सरकारले मे ३ अर्थात २१ सम्म लकडाउन थप्ने निर्णय गरेको हो । त्यहाँ विगत २१ दिन देखि लकडाउन जारी छ ।
देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्।
देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए।
उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए।
भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण
सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए।
उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।
भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।