Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोइलाको गाडी भित्रिएपछि स्थानीय त्रसित


    मंगलबार, बैशाख २ २०७७
    680
    Shares
  • ३ मिनेट पाठ
  • भक्तपुर, २ बैशाख ।  भक्तपुरका इटाभटामा कोइलाको गाडी भित्रिएपछि स्थानीय थप त्रासमा छन ।  कोइला बोकेका ट्रकहरु नेपालको पर्साको वीरजंगबाट हेटौडा हुदैं शनिबार भक्तपुर आइपुगका थिए।

    यसपछि कोइला आइपुगेको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९ सुडाल र ताथलीका इटाभटा आसपासबासी विशेष त्रसित भएका थिए। 
    चाँंगुनारायण नगरपालिका वडा नं ८ सुडालका वडाअध्यक्ष परासर सापकोटाले संसारभरको कोरोनाको त्राससँंगै त्रसित भएका इटाभटा आसपासका स्थानीय नजिकको इटाभटामा कोइला आएपछि अझै बढी त्रसित भएको सुनाए। 

    विशेष गरी तराईका जिल्लाहरुमा धमाधम कोरोना संक्रमित भेटिएपछि वीरगञ्जबाट आएको कोइलाका गाडी र मानिस यहाँं पुगेपछि थप त्रास छाएको उनले बताए। उनका अनुसार यो वडामा मात्रै ११ वटा इटाभटाहरु छन्। शनिबार त्यहाँ चार वटा कोइला बोकेको गाडी पुगेको उनले जनाए। कोइलासँंगै इटाभटामा काम गर्ने मानिसलाई पनि ओसारिएको जनाइएको छ। कोइलासँगै केही मासिनहरु समेत आएको आशंका स्थानीयको छ। तर यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन।

    भक्तपुरका अधिकांश इटाभटाहरु चाँंगुनारायण नगरपालिकामा पर्छन्। केही इटाभटाहरु सूर्यविनायक नगरपालिकामा पर्छन्। यहाँंका अन्य दुई पुराना नगरपालिकाहरु भक्तपुर र मध्यपुर थिमि पुरानो घनावस्तीभित्र परेकाले यी दुई नगरपालिकाहरुमा भने इटाभटाहरु छैनन्। 

    शनिबार भटावालहरुले इटाभटामा कोइला प्रवेश गराएपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयको विरोधपछि चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, महानरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० सविन प्रधानलगायत सुडाल पुगेका थिए। 

    भक्तपुर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योंम्वाले कोइला भक्तपुर पुगेको स्वीकार गरेका थिए। नेपालको वीरगञ्जमा लकडाउन अघि इन्डोनेशिया र यूएसबाट आइ वीरगञ्जमा रोकिराखिएका कोइला शनिबार भक्तपुर आइपुगेको उनले जनाएका थिए। 

    उपप्रधानमन्त्री एवं कोरोना उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको समितिको बैठकबाट इटा उद्योग पनि अति आवश्यक वस्तुमा पारेको र त्यो उद्योग चलाउन दिने निर्णय अनुसार कोइला भक्तपुर आइपुगेको उनको भनाई छ।
     
    यसअघि व्यवसायीहरुले इटाभटा सञ्चालका लागि अति आवश्यक कोइलाको अभावमा यहाँंका व्यवसायीहरु भुस बालेर इटाभटा सञ्चालन गर्न बाध्य भएको बताएका थिए। लकडाउनका कारण कोइला अभाव भएकाले त्यसको सटा स्थानीयस्तरमा उपलव्ध भुस बालेर भटामा अगो लगाइराखी इटा पोल्न उद्योगीहरु बाध्य भएको बताएका थिए। भक्तपुर इटाभटा संघको तथ्यांक अनुसार भक्तपुरमा मात्रै ६२ वटा इटाभटा सञ्चालित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार