Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रम स्वीकृति नलिई विदेशीलाई खेलाउँदै एन्फा, कारबाहीको माग गर्दैै हेलो सरकारमा उजुरी


    बिहिबार, असोज ३ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई फुटबल खेलाइरहेको खुलासा भएको छ । पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई श्रम स्वीकृति लिएर मात्र खेलाउनुपर्ने कानुनी ब्यवस्था छ । तर भदौ १६ देखि संचालन भइरहेको एन्फा महिला लिग २०२४ मा श्रम स्वीकृति नलिएका विदेशी खेलाडीलाई खेल खेलाइरहेको छ ।

    उक्त लिगमा सहभागी टिमहरुमध्ये संकटा क्लब, वालिङ नगरपालिका टिम र वाग्मती युवा क्लबले श्रम स्वीकृति नलिई पर्यटक भिषामा रहेका विभिन्न देशका विदेशी खेलाडीहरुलाई खेल खेलाइरहेका छन् । विदेशीलाई श्रम स्वीकृति नलिई खेल खेलाइरहेकाले एन्फा पदाधिकारीमाथि कारबाहीको माग गर्दै बिहीबार हेलो सरकारमा उजुरी परेको छ ।

    उक्त एन्फा महिला लिगमा सहभागी टिमहरुमध्ये संकटा क्लब, वालिङ नगरपालिका टिम र वाग्मती युवा क्लबले श्रम स्वीकृति नलिई पर्यटक भिषामा रहेका विभिन्न देशका विदेशी खेलाडीहरुलाई खेल खेलाइरहेका जानकारी प्राप्त भएको छ ।

    त्यसका साथै सन् २०२४ को १२ अगष्टमा काठमाडांैको दशरथ रंगशालामा एएएफसी च्यालेन्ज लिग समूह चरणको खेलमा चर्च ब्वाईज क्लबले पारो विरुद्धको खेलमा पनि श्रम स्वीकृति वेगर ३ जना विदेशी खेलाडीलाई खेल खेलाएको उजुरीमा उल्लेख छ ।

    श्रम ऐन २०७५ को (२३) मा विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ भने श्रम नियमावली २०७५ को १५ मा श्रम इजाजत नलिई वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाईएमा विभागले त्यस्तो विदेशी नागरिकलाई तुरुन्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालाई आदेश दिनेछ भन्ने व्यवस्था रहेको छ ।

    श्रम स्वीकृति नलिई बिदेशीलाई खेल खेलाउने एन्फा पदाधिकारीमाथि कारबाहीको माग गर्दै हेलो सरकारमा बिहीबार उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले दिएको उजुरीमा उल्लेख छ– श्रम ऐन २०७५ को (२३) मा विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ भने श्रम नियमावली २०७५ को १५ मा श्रम इजाजत नलिई वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाइएमा विभागले त्यस्तो विदेशी नागरिकलाई तुरुन्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालाई आदेश दिनेछ भन्ने व्यवस्था रहेको छ ।

    एन्फाले प्रतियोगिता नियमावलीमा नै श्रम स्वीकृतिको व्यवस्था नगरी विदेशी खेलाडीहरुलाई खेल खेल्न अनुमति दिइरहेको छ । एन्फाले के श्रम ऐन र नियमावली पालना गर्नु नपर्ने हो ? एन्फाले देशको ऐन, नियम कानुन मान्नु नपर्ने हो ? होइन भने ऐन नियमावली अनुसार तुरुन्तै गैरकानुनी रुपमा खेलेका विदेशी खेलाडीहरुलाई कानुनवमोजिम कारवाही गर्नुका साथै प्रतियोगिता नियमावलीमा श्रम स्वीकृति लिनु नपर्ने व्यवस्था गर्ने एन्फालाई कानुनी कारवाहीका लागि अनुरोध गर्दछु ।’

    उक्त एन्फा महिला लिगमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, ए.पी.एफ. फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, वाग्मती युवा क्लब र वालिङ नगरपालिका टिमहरुको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार