काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
“कोभिड– १९ को विषम परिस्थितिमासमेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय हो”, उहाँले भन्नुभयो । सो अवसरमा नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले महिला र पुरुषमा एकअर्काको अस्तित्व स्वीकार्य नभएसम्म हिंसा कम नहुने बताउनुभयो ।
एनजिओ फेडेरेसनका अध्यक्ष जीतराम लामाले महिला मात्र नभइ अहिले पुरुष पनि हिंसाको शिकार हुने गरेको जनाउँदै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोख्नुभयो ।
महिला अधिकारकर्मी डा रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताउनुभयो । अधिवक्ता कुमारी खरेलले महिला हिंसा विरुद्ध विभिन्न कानून आए पनि त्यसको कार्यान्वयनको पाटो अझै फितलो रहेको बताउनुभयो । फेकोफनका अध्यक्ष भारती पाठकले हिंसाविरुद्धको आवाजलाई सशक्त रुपमा एकजुट भएर बुलन्द पार्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “महिलाको ५० प्रतिशत सहभागिता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ, समाजमा समानताको स्थिति नभएसम्म हामीले यो मुद्दा उठाइरहन्छौँ ।” रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend