Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : सञ्चारमन्त्री गुरुङ


    बुधबार, मंसिर २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त भएकाे बताएका छन् । 

    बहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले भने, “सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।”

    मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

    फरक प्रसङ्गमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले काेराेना खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिए ।

    मन्त्री गुुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार