Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि बढाउने तयारी


    मंगलबार, बैशाख २ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौं, २ बैशाख । कोरोना संक्रमितको संख्या थपिंदै १४ जना पुगेपछि लकडाउनको अवधि बढाउने तयारी सरकारले गरेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउन र कोरोना नियन्त्रणमा सरकारले गरेका प्रयासहरुबारे समीक्षा गर्न आजै ११ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । मन्त्रिपरिषद बैठकले बैशाख १० गतेसम्म लकडाउन जारी राख्ने संभावना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ को सम्बोधनमै २ हप्तासम्म लकडाउन लम्बिने संकेत गरेका थिए । 

    कोरोना संक्रमितको संख्या गतहप्ता ९ जनामा सीमित थियो भनेर शनिबारदेखि बढेर १४ पुगेको छ । सोमबार मात्रै कोटेश्वरको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनालाई र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । र, आज उनीहरुको पीसीआर टेष्टको रिपोर्ट आउँदैछ ।
    पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आउने आशा गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार