Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुल्ला सीमाका कारण भारतबाट कोरोना संक्रमित भित्रिए


    मंगलबार, बैशाख २ २०७७
    675
    Shares
  • २ मिनेट पाठ
  • रौतहट, २ बैसाख । नेपाल–भारत खुला सीमाका कारण पनि कोरोना संक्रमण भित्रिएको छ । रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएपछि यसको पुष्टी भएको हो । उनी लकडाउनका बीच राति राति खुला सीमा हुँदै घर आएका थिए ।

        भारतको राजधानी दिल्लीस्थित पहाडगञ्जको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षीय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित युवकसँगै ईशनाथका ३ जना दिःलीबाट फर्किए । अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ । 

    पर्याप्त जनशक्ति नहुँदा ने यसरी छिर्ने क्रम नरोकिएपछि पहाडी तथा हिमाली जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई समेत सीमामा खटाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले भिआईपीको सुरक्षामा खटिएकालाई समेत सीमामा खटाउन निर्देशन दिएका छन् । 

    सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले तराईको फौजलाई पहाडमा थुपारेका थिए । तर अहिले सीमा क्षेत्रबाट कोरोना संक्रमित राति समेत भित्रिएको रौतहटको घटनाले पुष्टी गरेको छ । गृह मन्त्रालयले ९ सय २५ पोष्टमार्फत् सीमामा निगरानी भइरहेको जनाएको छ । तर, जनशक्ति पर्याप्त नहुँदा भारतबाट छिर्ने क्रम नरोकिएपछि गृहले सुरक्षाकर्मी थप्न लागेको हो । नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्नेहरुलाई राष्ट्रवादीको आरोप लगाइए पनि कोरोना महामारीले खुला सीमा जोखिमपूर्ण रहेछ भन्ने पुष्टी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार