पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभएको छ । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उहाँले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताउनुभयो ।
नेकपा स्थायी कमिटीका सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो, “यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।” मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको दुई अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।
गुरुङले भन्नुभयो, “यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन ।” नेता गुरुङले अध्यक्ष बन्न मन लागे चार महिना पर्खने धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताउनुभयो । “जनताको जनादेश पाँच वर्षका लागि स्थायी सरकार हो । सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ”, उहाँले भन्नुभयो ।
पार्टी एकतालाई जोगाउन दुई अध्यक्ष ओली र प्रचण्डको महत्वपूर्ण योगदान रहने भए पनि नेतृत्व गर्छु भन्ने अरु नेता खिया लागिसकेकाले उनीहरुतिर फर्केर समस्याको समाधान नहुने उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठ्ने बताउनुभएको छ । यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतिमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन लागिसक्नुभयो ।”
मुख्यमन्त्री गुरुङले मङ्सिर २८ गते हुने स्थायी कमिटीको बैठकले पार्टी एकतालाई कायम राख्नुपर्ने बताउनुभयो । दोस्रो र तेस्रो पुस्ताको नेतासँग त्यो क्षमता भएकाले स्थायी कमिटीले पार्टी एकताको मर्म र स्थायी सरकारको मर्मलाई बुझेर निर्णय गर्नसक्ने उहाँको भनाइ थियो । उहाँले अहिले राजतन्त्रको पक्षमा उठिरहेको आवाजको कुनै तुक नरहेको उल्लेख गर्दै भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र नभई अझै उन्नत खालको गणतन्त्र हो ।”
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतले समृद्धिका लागि सडकको विकास अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले सडकको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको यो सडक ७।१२१ किलोमिटर कालोपत्र हुने भएको छ । सडकको लागत रु २६ करोड २९ लाख छ हजार २२५ रहेको छ भने दुई वर्षभित्र सम्पन्न हुनेछ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गरेको छ । रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend