Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने


    सोमबार, भाद्र ३१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।

    आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’ शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन् । उनले आफुहरु सभामुखको विरोधमा नरहेको बताउदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार