काठमाडौं । सर्वदलीय बैठकमा सरकारको चर्काे आलोचना भएको छ । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको हुन्।
बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा मागेका थिए । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल कांग्रेस, जनता समाजवादीलगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए ।
त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताए ।
सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने उनले बताए । संघीय संसदको बैठक तत्काल बोलाउन पनि सरकारसँग माग गरेको नेता महतले बताए ।
कोभिड–१९ नियन्त्रण र उपचारमा सरकार चुकेको, सरकार संविधानको मर्म अनुरुप नचलेको, स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको लगायतका विषय कांग्रेसले बैठकमा उठाएको नेता महतले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend