Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली


    मंगलबार, मंसिर २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन आग्रह गरेका छन्।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्।

    पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने प्रधानमन्त्री ओलीकाे जाेड थियाे । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए।

    पछिल्लो समय मुलुकभर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ । साथै प्रतिबन्धित ‘विप्लव’ ले हिंसात्मक राजनीति जारी राखेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार