Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • बालुवाटारमा सर्वदलीय बैठक जारी


    मंगलबार, मंसिर २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । बालुवाटारमा शुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

    मंगलबार नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलिय बैठक बोलाइएको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

    चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यससँगै सर्वदलिय बैठकमा समसामयीक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

    गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन् । गत बैशाख ३१ गते भारतले नेपालको भूमी मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार