काठमाडौं । दुई ठूला दल कांग्रेस एमाले मिलेर सरकार बनाएका छन् । तर उनीहरु दुबै मिलेर गठबन्धन बनाएर उम्मेदवारी दिएको एक पेशागत संगठनमा भने माओवादी, रास्वपा र नेकपा एस समर्थित समूहका उम्मेदवारसँग पराजीत भएका छन् ।
ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादी र एस गठबन्धनका सागर पाण्डे विजयी भएका छन् । एमाले–कांग्रेस गठबन्धनका अध्यक्षका उम्मेदवार राजेन्द्र सापकोटा एक सय मतको अन्तरले पराजीत भएका छन् ।
पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो । ट्रेकिङ क्षेत्रका ठूला ब्यवसायीहरु सबै पाण्डेको समूहमा लागेपछि दुई ठूला दल मिल्दा पनि सापकोटा पराजीत भएका छन् ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५ सय ८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।
सापकोटालाई कांग्रेस एमाले निकट पर्यटन ब्यवसायीले आधिकारिक उम्मेदवार बनाए पनि ती दुबै संगठनभित्र उनको पक्षमा ५० प्रतिशत पनि ब्यवसायीहरुको सहयोग उनले पाउन सकेनन् । एमालेनिकट सापकोटालाई सोही पार्टी निकट संगठनभित्रको आधा संख्याले पनि साथ नदिएकाले पाण्डे बिजयी भएका छन् ।
टानमा यसपटक धादिङ भर्सेज गोर्खाको बिषयले पाण्डेलाई साथ दिंदा पनि उनी बिजयी हुन पुगेका छन् । विगतमा भएका टानको निर्वाचनदेखि पर्यटन अन्तर्गतका नियुक्तिमा सापकोटाको भूमिकाका कारण पनि एमाले निकट ब्यवसायीहरुको साथ उनले पाउन नसक्दा उनी पराजीत हुन पुगेका छन् ।
टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन् । उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् । निर्वाचन समितिका अनुसार टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।
महसचिवममा भने पाण्डे समूहका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।
त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरूमा पवित्रा तामाङ, अम्बिरबहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।
सोमबार भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend