काठमाडौं । दुई ठूला दल कांग्रेस एमाले मिलेर सरकार बनाएका छन् । तर उनीहरु दुबै मिलेर गठबन्धन बनाएर उम्मेदवारी दिएको एक पेशागत संगठनमा भने माओवादी, रास्वपा र नेकपा एस समर्थित समूहका उम्मेदवारसँग पराजीत भएका छन् ।
ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादी र एस गठबन्धनका सागर पाण्डे विजयी भएका छन् । एमाले–कांग्रेस गठबन्धनका अध्यक्षका उम्मेदवार राजेन्द्र सापकोटा एक सय मतको अन्तरले पराजीत भएका छन् ।
पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो । ट्रेकिङ क्षेत्रका ठूला ब्यवसायीहरु सबै पाण्डेको समूहमा लागेपछि दुई ठूला दल मिल्दा पनि सापकोटा पराजीत भएका छन् ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५ सय ८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।
सापकोटालाई कांग्रेस एमाले निकट पर्यटन ब्यवसायीले आधिकारिक उम्मेदवार बनाए पनि ती दुबै संगठनभित्र उनको पक्षमा ५० प्रतिशत पनि ब्यवसायीहरुको सहयोग उनले पाउन सकेनन् । एमालेनिकट सापकोटालाई सोही पार्टी निकट संगठनभित्रको आधा संख्याले पनि साथ नदिएकाले पाण्डे बिजयी भएका छन् ।
टानमा यसपटक धादिङ भर्सेज गोर्खाको बिषयले पाण्डेलाई साथ दिंदा पनि उनी बिजयी हुन पुगेका छन् । विगतमा भएका टानको निर्वाचनदेखि पर्यटन अन्तर्गतका नियुक्तिमा सापकोटाको भूमिकाका कारण पनि एमाले निकट ब्यवसायीहरुको साथ उनले पाउन नसक्दा उनी पराजीत हुन पुगेका छन् ।
टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन् । उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् । निर्वाचन समितिका अनुसार टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।
महसचिवममा भने पाण्डे समूहका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।
त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरूमा पवित्रा तामाङ, अम्बिरबहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।
सोमबार भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend