Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटनमन्त्री भट्टराई भन्छन् – ईयूले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य


    सोमबार, मंसिर २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन(ईयू)ले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले ईयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत गर्नु खुसीको कुरा भएको बताए ।

    पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुन:संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्‍मा छलफल भइरहेको छ । संसद्‍बाट ऐन पारित भएपछि ईयूले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।

    ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार