काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा गणतन्त्रबिरुद्ध सडकमा प्रदर्शनहरु हुन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ को नारासहित हुँदैआएका प्रदर्शनहरुमा गणतन्त्रको बिरोध गर्नेहरुको जमात देखिएको छ । लोकतन्त्रमा बिरोध प्रदर्शन गर्न पाइन्छ, तर लोकतन्त्रकै विकल्प खोज्नेहरु सडकमा देखिनुमा शासन संचालकहरुको अकर्मन्यता, भ्रष्टाचार र बेथितिलाई मानिन्छ । तर लोकतन्त्रमा एउटा पार्टी नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्न सकेन भने ५ बर्षमा अर्को सरकार चुनावमार्फत् ल्याउने अधिकार जनतालाई छ । तर बंशका आधारमा शासन संचालन गर्ने राजा आऊ भनेर सडकमा नारा लाग्नु र गणतन्त्रको बिरोध हुनुलाई भने सामान्य रुपमा लिन सकिंदैन ।
गणतन्त्र घोषणा भएको १२ बर्षमा जनअपेक्षा पूरा नभएको भनेर फेरि निरंकुशतन्त्रको वकालत गर्ने कार्यलाई सौताको रिसले पोईको काख फोहोर गरेजस्तै हुने टिप्पणी सामाजिक संजालमा राजनीतिक दलका नेतादेखि बौद्धिक जमातको छ । राजा आऊ देश बचाऊ भन्ने प्रदर्शनको उद्देश्य संघीयता र धर्मनिरपेक्षताको बिरुद्ध पनि लक्षित देखिएको छ ।
राजावादीको प्रदर्शन आफ्नो नेतृत्वमा भएको दाबी पूर्वमन्त्री केशरबहादुर बिष्टले मात्र गरेका छन् । २०४६ पछि कांग्रेसमा गएका बिष्ट गोविन्दराज जोशीहरुले गिरिजाप्रसाद कोइरालासँग नजिक हुन नदिएपछि त्यो पार्टीबाट अलग हुँदै गणतन्त्रपछि पनि राप्रपा नामक सबै पार्टी चााहारिसकेका उनको नेतृत्वमा यति धेरै आयातनका प्रदर्शन हुन सक्दैन । यो कुरा राजनीतिप्रति चासो राख्ने सबैले बुझेका छन् ।
भारतको शासन सत्ता सम्हालेको भारतीय जनता पार्टीको नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालमा हिन्दू राज्य कायम गर्न चाहन्छ । त्यो उद्देश्य संविधान निर्माणका क्रममा भारतीय पक्षले पूरा गर्न खोजेको थियो, तर राजनीतिक दलहरुले हिन्दू राज्य घोषणा नगरेपछि भारतीय पक्ष चिडिएको थियो ।
भारतले संविधान निर्माणपछि नेपाललाई खाद्यान्नदेखि अत्याश्यक सामानमा लगाएको ६ महिने नाकाबन्दीबाट पनि उसको असन्तुष्टी प्रकट भएको थियो । अहिलेको प्रदर्शनमा भारतीय पक्षको समेत हात रहेको अनुमान गरिएको छ । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला नेपाल आएलगत्तै राजावादीले लगातार प्रदर्शन गर्दैआएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend