काठमाडौ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले आइतबार बिहान पोष्ट गरेको वामदेव गौतमको सडक डिभाइडर नाघेर बाटो काटेको तस्वीरसहितको स्टाटस फेसबुकमा भाइरल भयो । ६ बर्षअघि ट्राफिक नियम विपरीत वीर अस्पतालअगाडिको सडकमा डिभाइडरबाट नाघेर बाटो काट्दै गरेको नेकपा उपाध्यक्ष वामदेव गौतमको फोटो थापाले पोष्ट गरेका थिए । शनिबारको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई हटाउन सुझाव दिएको समाचार बाहिरिएपछि थापाले उक्त फोटो आफ्नो फेसबुकमा राखेका थिए ।
६ बर्षअघिको फोटो फेसबुकमा राखेपछि थापाका बिरुद्ध पे्रस संगठन बागमती प्रदेशका इन्चार्ज तथा गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले थापाको बिरोध गर्दै स्टाटस लेखेका थिए । जुन स्टाटसका आधारमा कतिपयले समाचार नै बनाएपछि आइतबार दिनभर थापाको पक्ष र विपक्षमा सामाजिक संजालमा नेकपा कार्यकर्ताबीचमा जुहारी चलिरह्यो । गौतमको फोटोसहितको स्टाटस विवादमा परेपछि थापाले आइतबार दिउँसो आफ्नो वालबाट हटाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend