काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।
मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।
उनले भनिन्-विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डकुमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धी विधेयक अमूक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।

सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।
सुमनाले संकेत गरेका बिचौलिया को हुन् ?
रास्वपा सांसद सुमनाले इंगित गरेका धितोपत्र बोर्डको मस्यौदा ल फर्ममा बनाउने बिचौलिया दीपक भट्ट भएको जानकारहरु बताउँछन् । बिचौलिया दीपक भट्टको डिजाइनमा उक्त ल फर्ममा धितोपत्र बोर्डको ड्राफ्ट तयार गरिएको सेतको दाबी छ । स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा भट्टले चलखेल गरी पेट्रोल चोरीमा मुछिएका उनका ब्यापारीक साझेदार सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गराउन तत्कालीन हालका प्रधानमन्त्री केपी ओलीबाटै तत्कालीन अर्थमन्त्री बर्षमान पुनलाई दबाब दिएका थिए ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ३ जना अनुपस्थित भएपछि श्रेष्ठको नियुक्ति हुन सकेको थिएन । ३ जनाको नाम सिफारिस गर्नैपर्ने प्रावधान भएकाले उनको नाम सिफारिस हुन नसकेपछि उनले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छ्न् । दीपक भट्ट र सुलभ अग्रवालले हिमालयन स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएका छन् । त्यसका लागि उनले प्रधानामन्त्री ओलीलाई प्रभावमा पारिसकेका छन् । यसअघि हिमालयन पुनर्वीमा कम्पनीको लाइसेन्स लिनका लागि सूर्य सिलवाललाई बीमा प्राधिकरणको अध्यक्ष बनाएका बिचौलिया भ्ट्टले धितोपत्र बोर्डमा आफ्ना निकट रमेश हमाललाई बोर्डको अध्यक्ष बनाए ।
हमालको कार्यकालमा हिमालयन स्टकको लाइसेन्स लिन बोर्ड सदस्यहरुले असहमति राखेपछि उनी बोर्ड अध्यक्षदेखि सदस्यसम्म आफ्ना निकटस्थहरुलाई ल्याउन लागेका छन् । र, हिमालयन स्टकको लाइसेन्स लिन ५ अर्बसम्म खर्च गर्न तयार भएर लागेका छन् । केपी शर्मा ओली नै प्रधानमन्त्री भएकाले उनलाई अब हिमालयन स्टकको लाइसेन्स लिन कुनै बाधा हुने देखिंदैन । विगतमा पुनर्बीमाको लाइसेन्स पनि १ अर्बको चलखेलमा ओली प्रधानमन्त्री हुँदा नै लिएका थिए । सरकारी वीमा कम्पनी डुबाउन उनले पुनर्वीमा कम्पनीको लाइसेन्स लिएका थिए भने अब नेपाल स्टक एक्सचेन्ज डुबाउन ओलीले भट्टको हिमालय स्टकलाई लाइसेन्स दिने निश्चित भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend