Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारले सार्वजनिक गर्‍यो एकीकृत परराष्ट्र नीति


    आइतबार, मंसिर २१ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ ।

    आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनम परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’ 

    विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार