Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्र नीति सार्वजनिक : सीमा सुरक्षा र आर्थिक कूटनीति चुनौती


    आइतबार, मंसिर २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आइतबार परराष्ट्र नीति सार्वजनिक गरेको छ । मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गरेका हुन् ।

    संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताए ।

    परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताए ।

    ‘परराष्ट्र नीतिमा सीमा सुरक्षा, हामीलाई अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ तर त्यो राष्ट्रिय हितमा हो वा होइन भन्ने हेराइ, आर्थिक कूटनीति इनह्यान्स गर्ने क्षमता चुनौती रहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनबाट फाइदा हासिल गर्ने, कोरोना महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग कसरी ल्याउने भन्ने कूटनीतिक चुनौती छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार