Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा स्थायी कमिटी बैठकमा ओली सहभागी नहुने


    आइतबार, मंसिर २१ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

    पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री पनि सहभागी नहुने स्राेतले बतायाे । यसअघि ओली बैठकमा सहभागी हुने कि नहुने भन्नेमा अनिश्चित थियो । 

    आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ । 

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीभित्र देखिएका समाधानका लागि दुबै अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीको छलफलको विषय हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार