Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालय बैठक : दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने


    शनिबार, मंसिर २० २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएकाे विवादबारे स्थायी कमिटीमा छलफल हुने भएकाे छ । शनिवार बसेको सचिवालय बैठकले सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

    उक्त निर्णयअनुसार अब नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ ।

    सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा छलफल गरेर पार्टीको विवाद समाधान गरिने जानकारी दिए ।

    ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

    सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार