Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३४ अंकले बढ्यो नेप्से: २३ अर्ब ४३ करोडको कारोबार


    बुधबार, साउन ३० २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३४ अंकले बढेको छ । ३४.२९ अंक अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको हो ।
    मंगलबार नेप्से परिसूचक ८ अंकले घटेको थियो।
    आज ३३२ कम्पनीका ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँमा खरिदबिक्री भए।

    अघिल्लो दिन २१ अर्ब ५१ करोड मूल्यको सेयर कारोबार भएको थियो। यसदिन १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    ८६ करोडको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

    यसैगरी शिवम् सिमेन्टको ८४ करोड,अपी पावरको ७५ करोड, नेपाल फाइनान्सको ६१ करोड र सानिमा माइ हाइड्रोपावरको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार