Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा सचिवालय वैठक आज दिउँसो १ बजे बस्दै


    शनिबार, मंसिर २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज  दिउँसो बस्दै छ ।

    गत मंसिर १७ गते बसेको  वैठकमा नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि सचिवालयका वहुमत सदस्यले तीन दिन पर्खिने निर्णय गरेका थिए । ओलीलाई वैठकमा उपस्थित हुन दिइएको तीन दिन आज सकिएसँगै सचिवालय वैठक बस्न लागेको हो ।

    आज सचिवालय वैठक बस्ने भनिए पनि अध्यक्ष ओली उपस्थित हुने, नहुने भन्ने अनिश्चित नै छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको थियो । पुनः अर्को बैठक आज  दिउँसो १ बजे बस्ने निर्णय गरिएको थियो ।
    तर आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा बिहान करिब ९ बजेसम्म अनिश्चित नै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आजको वैठकमा प्रधानमन्त्री सहभागी हुने, नहुनेबारे केहि जानकारी नभएको बताउँछन् । अहिले आफू घरमै रहेको जानकारी दिंदै उनले भने, ‘भरे १ बजेतिर नै थाहा होला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार