Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम


    शनिबार, साउन १९ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि आन्दोलित भएका छन । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

    स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए । व्यापारीहरुले सनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए ।

    व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन ।

    यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए । `नियतवस: हामिले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´

    बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उन्ले प्रष्ट वनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार