Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने


    शुक्रबार, मंसिर १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।नेपाली कांग्रेसले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

    कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार  भएको  कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध  विरोध प्रदर्शन गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।   

    कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेको लगायतका निस्कर्ष निकालेको छ। साथै कांग्रेसले संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार