Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसद्वारा संसद् बैठक माग


    शुक्रबार, मंसिर १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।

    कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आजको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । पार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार