काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नेपाल आएको बताएका छन् ।
संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावल र प्रतिपक्षी दलका सांसदहरूले गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका हुन् ।
सांसदहरू पुरानै कुरामा अडेर बसेको व्यंग्य गर्दै उनले भने–‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू । उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’
रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले गोयलको भ्रमण पारदर्शी नभएको भन्दै प्रश्न उठाएका हुन् । दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको भन्दै ज्ञवालीले यसलाई ठूलो विषय बनाउनु नपर्ने पनि बताए ।
उनले भने–‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्उ । नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र रु त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।’
गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले गोयलको भ्रमण र प्रधानमन्त्रीसँगको भेटलाई अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend