बारा । आर्थिक बर्षको अन्तिममा बजेट सक्ने होडबाजीलाई असारे विकास भन्ने गरिन्छ । बाराको काटखोला पक्की नहरमा यस्तै असारे विकासको नाममा ४२ लाख रुपैयाँ महागढीमाई नगरपालिका र कलैया उपमहानगरफालिकाकासमेत पाँच वडाध्यक्षले भागबण्डा गरी भ्रष्टाचार गरेका छन् ।
काटखोला नहर निर्माण गर्न आएको एक करोड बजेटमध्ये ह्युम पाइप र कुलो सफाइमा ५० प्रतिशत रकम समाप्त गरिएको छ । काटखोला पक्की नहर निर्माण गर्न चालु आर्थिक बर्ष २०८०–०८१ मा आएको उक्त रकम उक्त शीर्षकभन्दा अन्य बिषयमा खर्च गरी भागबण्डामा सीमित गरिएको हो ।
पक्की नहर निर्माण गर्न बाँध बाँधिने ठाउँमा कुनै कामै नगरी सिंचाईबाट लाभान्वित हुने वडाका ५ जना वडाध्यक्षले भागबण्डा गरेको किसानको आरोप छ । स्थानीय श्रीनारायण कुशवाहले कामै नगरी वडाध्यक्षले रकम भागबण्डा गरेको आरोप लगाएका छन् ।

महागढीमाई नगरपालिकाका वडा नम्बर ३,४,१० र कलैया उपमहानगरपालिका–१५ का वडाध्यक्षहरु मिलेर बनाएको उपभोक्ता समितिले नहरको ड्याम्म निर्माण गर्नुको साटो अन्य शीर्षकमा बजेट खर्च गरेका छन् ।
सो नहरको कुलो सफाइमा पालिकाबाट धान र गहुँको सिजनमा बार्षिक करिब १० लाख रुपैयाँ खर्च गरेको देखाएर केही खोस्रेको जस्तो गरी प्रक्रिया पूरा गरी भ्रष्टाचार हुँदैआएको छ ।
करिब अढाई तीन दशक अगाडि काटखोलाबाट आउने पानीले करिब ८ सय हेक्टर क्षेत्रफल जग्गामा सिंचाई हुँदै आएकोमा केही ब्यक्तिहरुको स्वार्थ पूरा नभएपछि खेतखेतमा रहेको कुलो पुरी खेती हुँदै आएको किसान भोलीप्रसाद कोइरीले बताए ।
जनताले तिरेको करबाट कृषि उपज बढाउनका लागि राज्यले छुट्याएको बजेटमा भएको यस किसिमको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि सुक्ष्म निगरानी हुनुपर्ने कुशवाहले बताए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend