Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नहर निर्माणको एक करोड बजेटः ४२ लाख कुलो सफाइका नाममा भ्रष्टाचार


    बिहिबार, साउन १० २०८१
    4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बारा । आर्थिक बर्षको अन्तिममा बजेट सक्ने होडबाजीलाई असारे विकास भन्ने गरिन्छ । बाराको काटखोला पक्की नहरमा यस्तै असारे विकासको नाममा ४२ लाख रुपैयाँ महागढीमाई नगरपालिका र कलैया उपमहानगरफालिकाकासमेत पाँच वडाध्यक्षले भागबण्डा गरी भ्रष्टाचार गरेका छन् ।

    काटखोला नहर निर्माण गर्न आएको एक करोड बजेटमध्ये ह्युम पाइप र कुलो सफाइमा ५० प्रतिशत रकम समाप्त गरिएको छ । काटखोला पक्की नहर निर्माण गर्न चालु आर्थिक बर्ष २०८०–०८१ मा आएको उक्त रकम उक्त शीर्षकभन्दा अन्य बिषयमा खर्च गरी भागबण्डामा सीमित गरिएको हो ।

    पक्की नहर निर्माण गर्न बाँध बाँधिने ठाउँमा कुनै कामै नगरी सिंचाईबाट लाभान्वित हुने वडाका ५ जना वडाध्यक्षले भागबण्डा गरेको किसानको आरोप छ । स्थानीय श्रीनारायण कुशवाहले कामै नगरी वडाध्यक्षले रकम भागबण्डा गरेको आरोप लगाएका छन् ।

    महागढीमाई नगरपालिकाका वडा नम्बर ३,४,१० र कलैया उपमहानगरपालिका–१५ का वडाध्यक्षहरु मिलेर बनाएको उपभोक्ता समितिले नहरको ड्याम्म निर्माण गर्नुको साटो अन्य शीर्षकमा बजेट खर्च गरेका छन् ।
    सो नहरको कुलो सफाइमा पालिकाबाट धान र गहुँको सिजनमा बार्षिक करिब १० लाख रुपैयाँ खर्च गरेको देखाएर केही खोस्रेको जस्तो गरी प्रक्रिया पूरा गरी भ्रष्टाचार हुँदैआएको छ ।

    करिब अढाई तीन दशक अगाडि काटखोलाबाट आउने पानीले करिब ८ सय हेक्टर क्षेत्रफल जग्गामा सिंचाई हुँदै आएकोमा केही ब्यक्तिहरुको स्वार्थ पूरा नभएपछि खेतखेतमा रहेको कुलो पुरी खेती हुँदै आएको किसान भोलीप्रसाद कोइरीले बताए ।

    जनताले तिरेको करबाट कृषि उपज बढाउनका लागि राज्यले छुट्याएको बजेटमा भएको यस किसिमको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि सुक्ष्म निगरानी हुनुपर्ने कुशवाहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार