Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २७ अंकले घट्यो नेप्से


    बुधबार, साउन ९ २०८१
    760
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७.३२ अङ्कले बढेर २५३६.११ अङ्कमा पुगेको छ ।

    आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर एक लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ बराबरको कारोबार भएको छ ।

    आज बोटलर नेपाल र एशियन हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ९.९७ प्रतिशतले तथा समृद्धि फाइनान्सको ९.६५ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ३६ करोड ७ लाख ४६ हजार ४५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशीको १३ लाख ७६ हजार ९९४ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार