Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओली सरकारले हस्तक्षेप गरेकाे भन्दै प्रदेशद्वारा सर्वोच्चमा रिट


    बिहिबार, मंसिर १८ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रदेश नम्बर २ सरकारले संघीय सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ को परिपत्र र समृद्ध तराई मधेस सिँञ्चाइ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै रिट दायर गरेका हुन् ।

    मन्त्री सोनले दायर गरेको रिटको पेशी मंसिर २६ गतेलाई ताेकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकाे थियाे ।

    प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार