Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफनै छोराले बाबुको हत्या


    आइतबार, चैत्र ३० २०७६
    935
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, ३० चैत ।  कञ्चनपुरमा छोराले हँसियाले हिर्काएर आफनै बाबुको हत्या गरेको छ । 

    जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहा रगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    घरायसी विवादमा छोराले बुवामाथि हँसिया प्रहार गरेको प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

    हसिया प्रहारबाट रानाको घटनास्थलमै ज्यान गएको प्रहरिले जनाएको छ । हसिया ‍प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार